कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय भेला १८ र १९ जेठमा


काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन गरेको छ ।

शनिबार बिहान कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमको मिति परिवर्तन भएको जानकारी दिएका हुन् ।

उनका अनुसार अब कार्यक्रम १८ र १९ जेठमा आयोजना गरिने छ । यसअघि १४ र १५ जेठमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ हुने भनिएको थियो ।

कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् पाँच प्रदेशहरूमा भेलाहरू सम्पन्न गरिसकेको छ । शनिबार कोशी प्रदेशस्तरीय भेला सम्पन्न हुँदैछ ।