कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको धनगढीमा आज प्रदेश स्तरीय भेला हुँदैछ। देउवा पक्षका काग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा बृहत्तर एकता र पुनर्जागरणका लागि प्रदेशस्तरीय भेला आयोजना गरिएको हो ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादको मुख्य नाराका साथ आयोजना हुन लागेको यो भेलाले पार्टीभित्रको एकतालाई सुदृढ बनाउने र सङ्गठनलाई नयाँ ऊर्जा प्रदान गर्ने लक्ष्य राखेको छ।
यस भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायरलगायत सुदूरपश्चिम प्रदेशका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता हुन जनाइएको छ।



प्रतिक्रिया