पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोला क्षेत्रमा डोजर चलाएको छ । त्यस क्षेत्रमा बनेका संरचना हटाउउँदै महानगरले करिडोर बनाउने अभियान थालेको हो ।
पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका ३ ठाउँबाट एकसाथ डोजर चलाइएको छ ।
पोखरा महानगरले जेठ ३ गते पछिल्लो पटक सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू जेठ ९ गतेभित्र आफैं हटाउन सार्वजनिक सूचना जारी गरेको थियो ।
त्यो समयावधि सकिएलगत्तै आज बिहानैदेखि डोजर चलाएर हटाउन सुरु गरिएको हो ।



प्रतिक्रिया