जसपाको जारी केन्द्रीय समिति बैठकमा के हुँदैछ ?


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने बैठकमा हिजो चुनावी समीक्षा भएको थियो ।

जसपा नेपालले चुनावमा पराजित हुनुकोकारण बारे समीक्षा गरिरहेका छन् । मधेस प्रदेश सरकारको बारेमा पनि समीक्षा हुने बताइएको छ । जसपा नेपालले वर्तमान सरकारलाई समर्थन दिने निर्णय गरेको थियो तर मुख्यमन्त्री कृष्ण यादवले सरकारबाट सो पार्टीलाई हटाइएको छ । त्यस्तो कसरी भयो त्यसको बारेमा पनि बैठकमा समीक्षा हुने बताइएको छ ।

बैठकमा पार्टी सङ्गठनहरूको समायोजनलाई मुख्य प्राथमिकतामा राखेको उनले बताए । केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, पालिका समिति, वडा तथा टोल समितिदेखि भ्रातृ तथा शुभेच्छुक सङ्गठनहरूको समायोजनसम्बन्धी कार्यविधि निर्माण यो बैठकले गर्नेछ ।

बैठकमा केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन, स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरूसँग समन्वय तथा सदस्यता नवीकरण र अद्यावधिकका विषय पनि कार्यसूचीमा समावेश गरिएको छ ।