काठमाडौं । जेनजी आन्दोलनका घाइते दिपक भाटले सरकारले आफुहरुले गरेको सम्झौता कार्यान्वयन नगरे आन्दोनल गर्ने चेतावनी दिएका छन् । आइतबार काठमाडौं कमलादिस्थित प्रज्ञा भवनमा स्वतन्त्र नागरिक अभियान घोषणा कार्यक्रममा बोल्दै उनले सरकारले जेनजी घाइतेहरुकाे माग पुरा नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
घाइते जेनजी अभियान नेपालका उपाध्यक्ष समेत रहेका भाटले भने ‘अहिलेसम्म हामी सरकारसँगै छौँ । सरकारको राम्रो कामको साथमा छौँ । तर,हाम्रो माग पुरा हुनुपर्यो । न परिषद्को काम पुरा भएको छ । अत आयोगको काम पुरा भएको छ ।’
पूर्वगृहमन्त्री सुधन गुरुङका स्वकिय सचिव आशिस कार्कीले अहिलेपनि गृहमन्त्रालयअन्गतर्तगका कार्यहरु गरिरहेको बताउँदै उनले आफुले धेरैपटक फोन गर्दा पनि कुनै प्रतिक्रिया नदिएको गुनासो पोखे । सरकारले जेनजी घाइतेहरुलाई वेवास्ता गरेको उनको आरोप छ ।
प्रधानमन्त्री बालेन शाहको प्रमुख राजनीतिक सल्लाहकार असिम शाहसँग केहीदिन अगाडि संविधान संशोधनका विषयमा छलफल भएको समेत उनले बताए ।
उनले सरकारले चाँडै जेनजी घाइतेहरुको मागलाई उचित ढँगले सम्बोधन गरोस् भन्ने धारणा राखे ।



प्रतिक्रिया