विपक्षी दलहरू संसदमा अझ सशक्त ढंगले अघि बढ्ने


काठमाडौं । विपक्षी दलहरू संसदमा अझ सशक्त ढंगले अघि बढ्ने भएका छन् ।

कांग्रेस, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकहरुको संयुक्त बैठकले सशक्त ढंगले अघि बढ्ने निश्कर्ष निकालेको हो । प्रधानमन्त्री बालेन शाहले संसदलाई गरिरहेको उपेक्षाको विषयमा गम्भीर छलफल भएको एमाले प्रमुख सचेतक ऐन महरले बताए ।

बैठकमा कांग्रेसबाट बासना थापा, एमालेबाट महर, नेकपाका युवराज दुलाल र राप्रपाबाट खुस्बु ओली सहभागी थिए ।