काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार सोमबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको हो ।
प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रसाईंलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन राय दिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा प्रसाईंका विभिन्न युट्युब अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिलाई आधार बनाइएको छ ।
प्रसाईं वीरगन्ज बजारस्थित गहवा माई मन्दिर दर्शन गर्न भन्दै पर्सा पुगेका थिए । यसैबीच, सर्वोच्च अदालतले प्रसाईंलाई सोमबारसम्म हिरासत मुक्त गर्न आदेश दिएको छ ।



प्रतिक्रिया