काठमाडौं । नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
भ्रातृ संस्थाहरूमा टिके प्रथा लादिएको भन्दै विद्यार्थीहरूले सानेपामा सामेबार लोकतान्त्रिक निर्वाचन अभ्यासको प्रतीकात्मक प्रदर्शन गरेका हुन् ।
पार्टीको केन्द्रीय कार्यसमिति स्वयम् निर्वाचित नभई मनोनयन प्रक्रियाबाट आएको बताउँदै फोट्सका अध्यक्ष इन्जिनियर पुष्करविक्रम शाहीले लोकतान्त्रिक अभ्यास र निर्वाचन संस्कृतिलाई बिर्सेर भ्रातृ संस्थाहरूमा टिके प्रथा लादिएको आरोप लगााए ।



प्रतिक्रिया