काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्न सातै प्रदेशमा कमाण्डर खटाएको छ ।
सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ को बैठकले सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई सहज तथा द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष जिम्मेवारी दिएको हो ।
महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षता बसेको बैठकले कोशी प्रदेशमा डा. डिला संग्रौला, मधेशमा देवराज चालिसे, बागमतीमा बहादुर सिंह लामा र गण्डकीमा मुक्ताकुमारी यादवलाई अनुगमनको जिम्मेवारी तोकेको छ । त्यसैगरी, लुम्बिनी प्रदेशको कमाण्ड अमरसिंह पुन, कर्णालीको जानकी सिंह र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी उदय शमशेर राणालाई दिइएको छ ।





प्रतिक्रिया