दुर्गा प्रसाईंविरुद्ध पर्सामा मुद्दा दर्ता,बयान नसकिएकाे भन्दै हिरासतमै राखियाे


काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रसाईंविरुद्ध साइबर अपराधको कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको पर्सा प्रहरीले बताएको छ । प्रसाईंको बयान आज नसकिएकाले भोलि मंगलबार उपस्थित गराउने गरी अहिले प्रसाईंलाई अदालतले हिरासतमै पठाएको छ ।

प्रहरीले ४ जेठमा प्रसाईंलाई वीरगञ्जको होटल दियालोबाट पक्राउ गरेको थियो ।

उनले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध, कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाती र सम्प्रदायबीचको समधुर सम्बन्धमा खलल पार्ने अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ ।