लुम्बिनी प्रदेशमा ४ वटा मन्त्रालय घटाइने


काठमाडौं। लुम्बिनी प्रदेशमा एकैपटक ४ वटा मन्त्रालयले घटाइने भएको छ। हाल १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई ८ वटामा सीमित गर्ने प्रदेश सरकारले घोषणा गरेको हो।

चेतनारायण पौडेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले लुम्बिनीको नीति तथा कार्यक्रममा मन्त्रालय संख्या घटाउने उल्लेख छ। लुम्बिनीले बालेन सरकारले शैलीमा मन्त्रालयको संख्या घटाउने तयारी थालेको हो।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले प्रदेशसभामा आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मन्त्रालयको संख्या घटाउने घाेषणा गरेका हुन्।