काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. कृष्णहरि बुढाथोकीले सरकारले दिएको हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय व्यवहारिक नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले हप्तामा दुई दिन विदा हुँदा शिक्षा र स्वास्थ्यमा गम्भीर असर परेको भन्दै पुनर्विचारका लागि सभामुख मार्फत सरकारको ध्यानकर्षण गराए । हप्तामा दुई दिन विदा हुँदा समयमै पाठ्यक्रम नसकिने र विद्यार्थी पनि बरालेर हिड्ने गरेको उनको भनाइ छ ।
आफू केहिदिन रामेछापमा बसेर फर्किएको बताउँद उनले भने ‘त्यँहाका स्थानीय र सरोकारवालासँगको छलफलमा शिक्षा र स्वास्थ्य क्षेत्रमा लागु गरिएको दुई दिन विदा व्यवहारिक नभएको व्यापक गुनासो प्राप्त भयो । यसले विद्यार्थी बरालिने र पाठ्यक्रम पुरा नहुने कठिन परिस्थिति सिर्जना गरेको छ । शिक्षा र स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यो व्यवस्थामा तत्काल पुनर्विचारका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु . ’
साथै, हप्तामा दुई दिन विदाले गर्दा नागरिक आकस्मिक स्वास्थ्य सेवाबाट समेत बन्चित भएको उनले बताए ।



प्रतिक्रिया