काठमाडौं । संसदमा विपक्षीहरूको अवरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले कार्यसूची अघि बढाएका छन् ।
संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् ।
मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू उठेर विरोध गरिरहँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेस पौडेललाई पर्यटन विधेयक २०८२ पेस गर्न दिएका हुन्।
लगत्तै, पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । सभाको अन्य कार्यसूचीमा पनि सभामुखले काम अघि बढाएका हुन् ।



प्रतिक्रिया