प्रेस युनियनको ३५औँ स्थापना दिवस: माइतीघर मण्डलामा प्रभातफेरी


काठमाडौँ । लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज माइतीघर मण्डलामा प्रभातफेरी गरिएको छ । युनियनले बुधबार देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन आयोजना गरेको छ।

बिहान ९ बजेदेखि विधान महाधिवेशन सुरु हुने युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए । विधान महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा.रामवरण यादवले गर्ने तय भएको छ ।

२०४८ जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो।