जनकपुरधाम । लामो समयदेखिको रोकिरहेको मधेश प्रदेश सरकारका मन्त्रिमण्डलले अन्ततः पूर्णता पाएको छ ।सत्ता साझेदार दलबीच सहमति जुटेसंगैमुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) ले अर्थ मन्त्रालयमा दाबी कायम राखेपछि सरकार विस्तारको मिति पटक–पटक तय भएर पनि स्थगित हुँदै आएको थियो । नेकपा मधेश प्रदेश संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्त्ौ सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच १५ बुँदे समझदारीपत्रमा लिखित सहमति पनि भएको छ ।
नयाँ सहमतिअनुसार सरकारलाई ९ सदस्यीय बनाउने भनिएपछि, सरकारले श्रावणपछि मात्रै सो सहमति कार्यान्वयनमा ल्याउने भनिएको छ । अहिले १० सदस्यीय रहेको मन्त्रिपरिषद्को आकार रहेको छ । मन्त्रालय बाँडफाँटमा कांग्रेसलाई ३ र एमालेलाई र नेकपालाई ४÷४ मन्त्रालय पाएको छ ।
साथै, सहमति अनुसार नेपाली कांग्रेसका कृष्ण प्रसाद यादवको सरकारलाई चुनावसम्ममै यो सरकारलाई निरन्तरता दिने सहमति पनि सत्तागठबन्धनमा भएको छ ।



प्रतिक्रिया