स्वास्थ्यमन्त्री मेहतासंग भुटानी समकक्षीको शिष्टाचार भेट,के भयो छलफल ?


काठमाडौँ । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुक र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबीच भेटवार्ता भएको छ ।

स्वीट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उनीहरूबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

भेटवार्तामा उनीहरूबीच दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामाना गरिरहेकाले त्यसलाई समाधान गर्न पारस्परिक सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए । भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने विषयमा पनि उनीहरूबीच छलफल भएको डा अधिकारीले बताए ।

यसअघि मन्त्री मेहताले सभामा भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।