म्याग्दी (बेनी), १३ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेको वडा कार्यालयमा सेवाग्राहीका सुविधाका लागि टोकन प्रणाली लागू गरिएको छ ।
ठूलो सङ्ख्यामा सेवाग्राहीको भिड लाग्न थालेपछि सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्न कुपन, मेसिन, साउण्ड सिस्टम, नम्बर सिस्टम उपकरण जडान गरी टोकन लिएर पालैपालो सेवा लिने व्यवस्था मिलाइएको वडासचिव शारदाकुमारी शाहीले बताए ।
टोकन प्रणाली लागू भएसँगै सेवाग्राही खुसी भएका छन् । विशेषगरी जन्म, मृत्यु दर्ता, बसाइँसराइ, नागरिकता सिफारिस, योजना भुक्तानी तथा सामाजिक सुरक्षा भत्तासम्बन्धी कामका लागि दैनिक ठूलो चाप पर्ने गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । रासस



प्रतिक्रिया