टुँडीखेलमा आयोजित ‘गणतन्त्र दिवस–२०८३’


काठमाडौं । गणतन्त्र दिवसको अवसरमा आज राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना भएको छ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो।