काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) ‘गणतन्त्र दिवस २०८३’ को मूल समारोहमा आज उपस्थित भएका छैनन् ।
अस्वस्थ भएका कारण उनी सैनिकमञ्च टुँडीखेलमा ‘आयोजित गणतन्त्र दिवस २०८३’ मूल समारोहमा सहभागी नभएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार उनलाई ज्वरो आएको छ । ‘उहाँलाई हिजोदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । राति ज्वरो आयो । डाक्टरहरुले आराम गर्न सल्लाह दिनुभएकाले कतै जानु भएको छैन,’ आचार्यले भने ।
अहिले उनी आफ्नैं निवासमा आराम गरिरहेका छन् ।



प्रतिक्रिया