काठमाडौं । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि सरकार, संसद र न्यायालयको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजले १९औं गणतन्त्र दिवसको अवसर पारेर आज प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा समाजकी सभापति रेनुका पौडेलले शान्ति समाजको अभियान सरकारलाई कमजोर बनाउने नभई थप सशक्त, पारदर्शी र जनमुखी बनाउन लक्षित रहेको बताइन् ।
उनले विगत तीन दशकदेखि स्वयंसेवी रूपमा क्रियाशील शान्ति समाजले समसामयिक राजनीतिक तथा सामाजिक अवस्थाबारे निरन्तर खबरदारी गर्दै आएको जानकारी गराइन् ।
सरकारले अघि सारेको १०० दिने शासकीय सुधार कार्ययोजनाको चर्चा गर्दै उनले भदौ २४ गतेको हिंसात्मक घटनाको छानबिनका लागि समिति गठन गर्न ढिलाइ गरिएकोमा आपत्ति समेत जनाइन् ।
‘



प्रतिक्रिया