गण्डकी, १५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र दिवसबाट राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रेरणा मिल्ने बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप प्रत्येक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाउँदै आएको उल्लेख गर ।



प्रतिक्रिया