काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल थारु संघको पहिलो महाधिवेशन भोलि(शनिबार) हुने भएको छ ।
सभापति गगनकुमार थापाले थारु संघको प्रथम महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार महाधिवेशन पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह १२ बजेबाट सुरु हुने छ । थारु संघ कांग्रेसको नयाँ भ्रातृ संस्थामध्येमा पर्दछ ।
यो संस्थाले २०७९ साउनमा मातृ पार्टीको केन्द्रीय कार्यसमितिबाट भ्रातृ संगठनको मान्यता पाएको थियो । हाल शिवनारायण महतो गुरौको अध्यक्षतामा थारु संघको केन्द्रीय तदर्थ कार्यसमिति छ ।



प्रतिक्रिया