सरकारले वृद्धभत्ता स्वेच्छिक रूपमा त्याग्न आह्नान गर्ने


काठमाडौं । सरकारले वृद्धभत्ता लिइरहेका आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न प्रेरित गर्ने कार्यक्रम ल्याउने भएको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा‍.स्वर्णिम वाग्लेले ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।