काठमाडौँ । एसइईको नतिजा सार्वजनिक भएसँगै यतिबेला लाखौँ विद्यार्थी र अभिभावकहरू एउटै गम्भीर प्रश्नको घेरामा छन्। कक्षा ११ र १२ अध्ययनका लागि उत्कृष्ट कलेज कसरी रोज्ने भन्ने चिन्ता सबैमा देखिन्छ।
बजारमा थुप्रै कलेजहरूका रङ्गीचङ्गी र भड्किला विज्ञापन भइरहँदा काठमाडौँको वसुन्धरास्थित ऋत एकेडेमीले भने आफ्नो छुट्टै पहिचान बनाएको छ। कडा अनुशासन, उत्कृष्ट प्राज्ञिक इतिहास र समयसापेक्ष आधुनिक प्रविधियुक्त शिक्षाका कारण यसले विद्यार्थी माझ एउटा भरपर्दो ब्रान्डको पहिचान बनाएको हो।

सन् २००३ मा स्थापना भई दुई दशकभन्दा लामो गौरवशाली इतिहास बोकेको यस एकेडेमीले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ मा नयाँ भर्ना अभियान सुरु गरेको छ। कलेजले यस वर्ष विज्ञान, व्यवस्थापन, कानुन र ललितकला सङ्कायमा नयाँ विद्यार्थी भर्ना लिइरहेको छ।
ऋत एकेडेमीले केवल सैद्धान्तिक कुरामा मात्र जोड दिँदैन। यसले प्रतिभा र जेहेन्दार विद्यार्थीलाई उचित सम्मान र प्रोत्साहन पनि गर्दै आएको छ। यसै शैक्षिक सत्रमा भर्ना हुन चाहने विद्यार्थीलाई लक्षित गरी कलेजले टपर्स च्वाइस स्कलरशिप स्किम २०८३ सञ्चालनमा ल्याएको छ। यो योजना अहिले विद्यार्थी र अभिभावकमाझ मुख्य आकर्षण बनेको छ।

कलेज प्रशासनका अनुसार एसइईमा ३.९० देखि ४.० जीपीए ल्याउने सुरुवाती ३० जना विद्यार्थीलाई प्रविधिसँग जोड्ने उद्देश्यले कलेजले निःशुल्क ल्यापटप प्रदान गर्ने घोषणा गरेको छ। यही आकर्षण र कलेजको प्राज्ञिक साखका कारण यस वर्ष एसइईमा ४.० जीपीए हासिल गरेकी मेधावी छात्रा सीता श्रेष्ठले समेत आफ्नो प्लस-टु यात्राका लागि ऋत एकेडेमीलाई नै रोजिसकेकी छन्।
सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजले सरकारी विद्यालयबाट उत्कृष्ट अङ्क ल्याएका १० जना विद्यार्थीहरूलाई शतप्रतिशत अर्थात् पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने व्यवस्था गरेको छ। यसले विपन्न तर जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षाको ढोका खोलेको छ।
ग्रामीण क्षेत्र, उपत्यका बाहिरका जेहेन्दार विद्यार्थी, आदिवासी, जनजाति र विपन्न वर्गका लागि कलेजले ६० देखि १०० प्रतिशतसम्मको छात्रवृत्ति कोटा निर्धारण गरेको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर तर पढ्न चाहने विद्यार्थीहरूले पनि गुणस्तरीय शिक्षा पाउने वातावरण बनेको छ।
स्मार्ट च्वाइस फर स्मार्ट स्टुडेन्ट्स भन्ने मूल मन्त्र बोकेको ऋत एकेडेमी नेपालमै पहिलो पटक प्लस-टु स्तरमा कानुन विषयको अध्यापन सुरु गर्ने शिक्षालयका रूपमा परिचित छ। कानुनका अतिरिक्त कलेजले विद्यार्थीको रुचि अनुसार विज्ञान, ललितकला र व्यवस्थापन सङ्कायमा उत्कृष्ट अध्यापन गराइरहेको छ। व्यवस्थापन अन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस स्टडीज समेटिएका छन्।
परम्परागत घोकन्ते विद्याले मात्र आधुनिक बजारमा प्रतिस्पर्धा गर्न असम्भव हुने भएकाले ऋत एकेडेमीले यस वर्षदेखि प्रविधि केन्द्रित शिक्षण विधिलाई विशेष जोड दिएको छ। कलेजले स्टेम शिक्षासँग रणनीतिक सहकार्य सुरु गरी विद्यार्थीहरूलाई नियमित पाठ्यक्रमका अलावा आधुनिक युगका मागहरू अनुसार कोडिंग, रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विशेष व्यावहारिक तालिम प्रदान गर्ने व्यवस्था मिलाएको छ।
कलेजका कोर्डिनेटर रेवती राज त्रिपाठीका अनुसार परम्परागत शिक्षालाई प्रविधिसँग जोडेर विद्यार्थीलाई भविष्यको वैश्विक प्रतिस्पर्धी बजारका लागि तयार बनाउनु नै कलेजको मुख्य ध्येय हो। यसले गर्दा यहाँका विद्यार्थीहरू सैद्धान्तिक रूपमा मात्र नभई व्यावहारिक रूपमा पनि अब्बल बन्ने विश्वास गरिएको छ।
भौतिक तथा शैक्षिक पूर्वाधारका हिसाबले पनि यो कलेज सुविधायुक्त रहेको छ। यहाँ विद्यार्थीहरूका लागि अत्याधुनिक बायोलोजी, केमेस्ट्री, फिजिक्स र कम्प्युटर ल्याबहरू उपलब्ध छन्। सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न कलेजले विभिन्न प्रयोगात्मक अभ्यासहरूलाई अनिवार्य गरेको छ।
जसअनुसार कानुनका विद्यार्थीका लागि नियमित रूपमा अदालत अवलोकन र मूट कोर्ट अभ्यास गराइन्छ। होटल म्यानेजमेन्टका विद्यार्थीका लागि तारे होटलहरूको भ्रमण, इन्टर्नसिप र प्रयोगात्मक कक्षाको व्यवस्था गरिएको छ। विज्ञान र कम्प्युटरका विद्यार्थीले नियमित ल्याब परीक्षण र नवप्रवर्तनकारी प्रोजेक्ट कार्यहरू गर्छन्।
यसका साथै समृद्ध पुस्तकालय, डिजिटल रिसोर्स सेन्टर, सुरक्षित यातायात सेवा, व्यवस्थित छात्र–छात्राबास र हाइजिनिक क्याफेटेरिया जस्ता सुविधाहरूले विद्यार्थीलाई अध्ययनका लागि अनुकूल वातावरण प्रदान गरेका छन्। भौतिक पूर्वाधारको पूर्णताले विद्यार्थीलाई पढ्न थप सहज बनाएको छ।
कलेजका प्रिन्सिपल आनन्द कुमार यादव भन्नुहुन्छ, हामी विद्यार्थीलाई केवल पाठ्यपुस्तकको पानामा मात्र सीमित राख्दैनौँ। हाम्रो प्राथमिकता उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास र व्यावसायिक क्षमता अभिवृद्धिमा हो, जसले उनीहरूलाई जुनसुकै क्षेत्रमा पनि नेतृत्वदायी भूमिका खेल्न सक्षम बनाओस्।
विद्यार्थीको मानसिक र शारीरिक स्फूर्तिका लागि कलेजले वार्षिक रूपमा शैक्षिक भ्रमण, हाइकिङ, क्रिकेट तथा फुटबल प्रतियोगिता, खेल सप्ताह र अनलाइन गेम च्याम्पियनसिप जस्ता अतिरिक्त क्रियाकलापहरू आयोजना गर्दै आएको छ। यसले विद्यार्थीको रचनात्मक क्षमता बढाउन सहयोग पुर्याउँछ।
त्यति मात्र होइन, कलेजमा संगीत, नृत्य, साल्सा–जुम्बा, ध्यान र ताई-ची जस्ता रचनात्मक कक्षाहरू पनि सञ्चालन हुन्छन्। यी कक्षाहरूले विद्यार्थीलाई सिर्जनशील र मानसिक रूपमा तन्दुरुस्त बनाउन मद्दत पुर्याउँछन्। कलेजको वातावरण सधैँ ऊर्जावान् रहने गर्दछ।
यस कलेजको प्राज्ञिक उचाइलाई बेलायतका विभिन्न प्रतिष्ठित कलेजहरू र टोफेल (TOEFL) सँगको रणनीतिक साझेदारीले पनि थप पुष्टि गर्दछ। यो साझेदारीले विद्यार्थीलाई प्लस-टु पछि वैदेशिक अध्ययनमा जान चाहँदा समेत मार्गप्रशस्त गर्ने कलेजले जनाएको छ।
कलेज छनोट गर्दा भवनको भौतिक सजावट मात्र होइन, त्यहाँको शिक्षण पद्धति, विगतको नतिजा, प्रविधिको प्रयोग र अतिरिक्त क्रियाकलापलाई गम्भीरतापूर्वक नियाल्नुपर्छ। ऋत एकेडेमीले यी सबै मापदण्डमा आफूलाई अब्बल साबित गरेको देखिन्छ।
कलेज प्रशासनका अनुसार नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा जेठ ९ गते सञ्चालन गर्ने तयारी गरिएको छ। सिट सङ्ख्या सीमित र छात्रवृत्ति कोटा प्रतिस्पर्धात्मक हुने भएकाले नयाँ भर्ना हुन चाहने विद्यार्थी र अभिभावकहरूले समयमै सम्पर्क राख्नुपर्ने देखिन्छ।
काठमाडौँको वसुन्धरा चौकी, कान्ति मार्गमा अवस्थित ऋत एकेडेमीमा समयमै सम्पर्क गरी विस्तृत जानकारी लिन र आफ्नो सिट सुरक्षित गर्न सकिनेछ। एसइई दिएर बसेका विद्यार्थीहरूका लागि उज्ज्वल भविष्यको सुखद सुरुवात गर्ने यो एउटा सुनौलो अवसर बन्न सक्छ।



प्रतिक्रिया