अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषको विमानमै मृत्यु


काठमाडौँ । अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषको विमानमै मृत्यु भएको छ । आइतबार ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा गोरखा घर भएका श्याम मरहठ्ठाको मृत्यु भएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका एसएसपी वसन्त रजौरेले दिएको जानकारी अनुसार उनको अचेत भएर मृत्यु भएको छ ।

विमानमा मृत्यु भएका महरठ्ठाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको उनले बताए ।

टर्किस एयरको उडा नम्बर–७२६ नम्बरको विमानमा मरहठ्ठा परिवारसँगै फर्केका थिए । उनी गोरखा बारपाक सुलिकोट गाउँपालिका–२ का स्थानीय हुन् ।