काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघको आयोजनामा छैटौं नेपाल आदिवासी जनजाती चलिचित्र महोत्सव २०८३ सुरु भएको छ ।
३ दिनसम्म चल्ने महोत्सवको आईतबार काठमाडौंस्थित चलचित्र विकाश बोर्डमा बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा महोत्सवको उदघाटन गरिएको हो ।
महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, थारु, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआइ जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएका छन् ।
नेपालको आदिवासी जनजाति समुदायका इतिहास, भाषा, लिपि, मिथक, सामुदायिक स्मृति, भू–चेतना, लोक–ज्ञान, आध्यात्मिक अनुभव तथा सांस्कृतिक अस्तित्वलाई दृश्य–श्रव्य माध्यममार्फत पुनर्स्थापित गर्ने ऐतिहासिक उद्देश्यले महोत्सव आयोजना गर्न लागेको महोत्सव निर्देशक सागर केरुङले जानकारी दिए ।









प्रतिक्रिया