सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष बन्न २८ जनाले बुझाए दरखास्त (नामसहित)


काठमाडौं, जेठ १९ । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरू मध्ये २८ जनाको नामावली स्वीकृत गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचनामा २८ जना उम्मेदवारले आवेदन दिएको अन्तिम सूची सार्वजनिक भएको छ ।

संस्थाको रिक्त अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिनेछ। दरखास्त आवेदन दिनेमा गोरखापत्र दैनिकका पूर्व अध्यक्षदेखि आर्थिक अभियान दैनिकका पूर्व सम्पादकसम्म रहेका छन् ।