निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापर्दै ओली,के छ कार्यक्रम ?

File Photo

काठमाडौं । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।

ओली फागुन २१ को निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने पक्का भएको छ । उनी केन्द्रीय संगठन विभागको आयोजनामा यही जेठ २० र २१ गते हुने राष्ट्रिय कार्यशालामा सहभागी हुन लागेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

उनका अनुसा। ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयको दुई दिने राष्ट्रिय कार्यशालाको उदघाटन ओलीले गर्ने तय भएको छ ।

​काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने उक्त कार्यशाला जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने छ ।

​कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन् । पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको उपस्थिति रहने प्रचार विभाग प्रमुख आचार्यले बताए ।