काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालीहरुको दु:ख अन्त्य गर्न हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।
आज उदयपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले हाइब्रिड नेताले देशको समस्या हल गर्न नसक्ने बताए।‘‘इतिहासदेखि अहिलेसम्म नेपाल र नेपालीले भोगिरहेको दुस्खको अन्त्य गर्न अब कतै न कतैबाट विजारोपण गरेको या निर्माण गरिएको हाइब्रिड नेता होइन, नेपालकै माटोमा उत्पत्ति भएको अर्गानिक हर्क साम्पाड जस्तो नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ,’ उनले भने ।
वर्षौदेखि राजनीतिमा रहेको सिण्डिकेट तोड्दै जनताले प्रधानमन्त्री बनाएका बालेन्द्र शाहले पनि जनतालाई धोका दिएको उले आरोप लगााए । नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएर प्रधानमन्त्री शाहले अक्षम्य गल्ती गरेको समेत उनले बताए ।



प्रतिक्रिया