१ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेसम्म पनि भएन सुरु

File Photo

काठमाडौं । आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक साढे ३ बजेसम्म पनि सुरु हुन सकेको छैन ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिमाथि सदनमा उपस्थित भएर माफि माग्नुपर्ने अडाल लिएका छन् । उनीहरुले सत्य नै बोलेको हो भने तथ्य दिनको लागि माग गरिरहेका छन् ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । तर, सभाको बैठक भने समयमै सुरु हुन सकेको छैन ।