काठमाडौं, जेठ २० । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १२ः १५ बजे बस्ने भएको हो ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजदेखि आर्थिक बर्ष २०८३–८४ को राजश्व र व्ययको बार्षिक अनुमानमाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया