एमाले अध्यक्ष ओलीले गरे दुईदिने राष्ट्रिय कार्यशालाकाे उद्घाटन


काठमाडौं । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

बुधबार एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । उक्त कार्यक्रमको उदघाटन ओलीले गरेका हुन् ।

​काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिएको राष्ट्रिय कार्यशाला ​पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।