सरकारलाई ओलीको चेतावनी – ‘समय सधैँ एकैनासको हुँदैन,उत्ताउतिएर धेरै अघि नबढ्नुहोला’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न भनेका छन् । बुधबार पार्टीको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले सरकार पूर्वाग्रही ढङ्गले अघि बढेको आरोप समेत लगाए ।

‘समय परिस्थिति सधैँ एकैनासको हुँदैन, उत्ताउतिएर धेरै अघि नबढ्नुहोला । राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले, यो अराजक तन्त्र कति समयको पाहुना हो। लामो समय चल्न सक्दैन,’ उनले भने ।

ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताए ।