काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहको पोको भएको आरोप लगााएका छन् । बुधबार पार्टीको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले सरकार पूर्वाग्रही ढङ्गले अघि बढेको बताए ।
उनले वर्तमान सरकारले नयाँ र सेनाको सम्पत्ति छानबिन नगर्ने नीति लिएको तर आफू र पुराना पार्टीका मान्छेहरुलाई मात्रै फसाउन लागिपरेको पनि बताए ।
उनले सरकारले बनाएके सम्पति छानबिनक अयोगलाई आफूले नमान्ने र बयान पनि नदिने बताउँदै सरकारलाई सकेको गर्न चेतावनी समेत दिए ।
‘अरुले बयान दिएपनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस् । यो राज्य राज्य होइन। यो पूर्वाग्रहको पोको हो,’ उनले भने ।
उनले जलाएर नपुगेर सम्पत्तिको विवरण पनि चाहियो भन्दै सरकारलाई प्रश्न गर्दै भने , ‘मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले ? सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?’



प्रतिक्रिया