ओली भन्छन् – ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्ने वाला छैन


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ढल्न सक्ने तर घुँडा नटेक्ने बताएका छन् ।

बुधबार पार्टीको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै ओलीले देशप्रतिको प्रेम नझुक्ने बताए ।

‘म व्यक्तिगत तवरमा पनि ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्ने वाला छैन । मेरो शिर काटिन सक्छ तर हात उठाउने वाला छैन,’ उनले भने ।

उनले देश र जनताको पक्षमा लड्न ६० वर्षदेखि लागेको भन्दै उक्त सङ्कल्प अलिकति पनि कमी नभएको भन्दै देशको राष्ट्रिय स्वाधीनताका सवालमा कम्परमाइज नगर्ने र प्रतिक्रियावादीका धाक धम्कीसँग नझुक्ने बताएका हुन् ।