प्रतापपुरमा ‘स्वतन्त्र नागरिक अभियान’को समिति गठन, नेतृत्वमा हरिशंकर तिवारी


नवलपरासी । स्वतन्त्र नागरिक अभियान नेपालले नवलपरासीको प्रतापपुर गाउँपालिकामा आफ्नो सांगठनिक समिति गठन गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमलाको विशेष उपस्थितिमा भएको भेलाले हरिशंकर तिवारीको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका समिति चयन गरेको हो ।


अभियान विस्तारका क्रममा अध्यक्ष धमलाले भने, ‘देशमा राजनीतिक परिवर्तन भए पनि आम नागरिकले सुशासन र समृद्धिको वास्तविक अनुभूति गर्न पाएका छैनन् । अब जनता मूकदर्शक भएर बस्ने बेला छैन । स्वतन्त्र नागरिक अभियानले तल्लो तहसम्म पुगेर नागरिकलाई आफ्ना अधिकारप्रति सजग गराउनेछ । नवलपरासीको विकास, सुशासन र यहाँका स्थानीय समस्या समाधानका लागि नवगठित समितिले निरन्तर खबरदारी गर्नेछ । हामी राजनीतिक स्वार्थभन्दा माथि उठेर विशुद्ध रूपमा जनताको आवाजलाई बुलन्द गर्नेछौँ ।’

नवनिर्वाचित समितिमा प्रतापपुरका विभिन्न वडाबाट प्रतिनिधित्व रहने गरी पदाधिकारी तथा सदस्यहरू चयन गरिएका छन् ।

अभियानका अनुसार नवगठित समितिमा प्रतापपुर गाउँपालिका–७, सूर्यपुराका राजा गोसाई, वडा नं. ८, बद्रीघाटका रवि राजभर, वडा नं. ६, बैरियाका रोहित ठाकुर र वडा नं. ७, सूर्यपुराकै जनकराज कोइरी रहेका छन् ।

त्यसैगरी, वडा नं. ८, पिपरपातीका रोहित हरिजन, वडा नं. ९, अठिलहीका पप्पु मिश्रा, वडा नं. ६, केवलपुर रेताका धर्मेन्द्र दुबे, वडा नं. ३, सोमनीका चन्द्रभान कोइरी, वडा नं. ७, सूर्यपुराका हरिराज धवल र वडा नं. ८, नौडिहवाका सुरज कोइरी सदस्यमा चयन भएका छन् ।