विराटनगरमा ओमोडाको नयाँ ईभी ‘E5 प्रो’ सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९९ हजार


विराटनगर— नेपालका लागि ओमोडा एन्ड जाइकुको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले विराटनगरमा प्रिमियम इलेक्ट्रिक एसयूभी ‘ओमोडा E5 प्रो’ सार्वजनिक गरेको छ । नेपाली बजारमा १५ सयभन्दा बढी गुडिसकेको ‘ओमोडा E5’ को सफलतापछि कम्पनीले यसको नयाँ र परिमार्जित संस्करण बजारमा ल्याएको हो ।

नयाँ ओमोडा E5 प्रोमा ५०.७ किलोवाट आवरको ब्याट्री प्याक, ९९ किलोवाटको इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको कम्पनीले जनाएको छ । यसले एकपटकको फुल चार्जमा ३५० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । नेपाली सडक अनुकूल बनाउन यसमा १९१ एमएमको ग्राउन्ड क्लियरेन्स र १८ इन्चको अलोय ह्वील दिइएको छ ।

यी हुन् मुख्य विशेषताहरू:

  • इन्टेरियर र फिचर्स: गाडीको भित्री भाग (केबिन) लाई थप विलासी बनाइएको छ । जसमा चालकका लागि मसाज सिट, ८ वटा सोनी स्पिकर र १५.६ इन्चको विशाल इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ । यसका साथै इलेक्ट्रिक सनरुफले यात्रालाई थप प्रिमियम बनाउनेछ ।
  • सुरक्षा प्रणाली: सुरक्षाका लागि यस गाडीमा १९ भन्दा बढी एडास फिचरहरू समावेश छन् । साथै, चालकको सहजताका लागि ५४०-डिग्री सराउन्ड भ्यू-क्यामेरा जडान गरिएको छ ।

मूल्य र विशेष अफर

कम्पनीले यस गाडीको बजार मूल्य दुईवटा भेरियन्टमा तय गरेको छ- सिंगल टोन भेरियन्टको आधिकारिक बजार मूल्य रु. ५१ लाख ५९ हजार र डुअल टोन भेरियन्टको रु. ५१ लाख ९९ हजार मूल्य तय गरेको छ ।

सुरुवाती अफर:

गाडी सार्वजनिक भएको अवसरमा कम्पनीले पहिलो ५० जना ग्राहकका लागि ४९ लाख ९९ हजार रुपैयाँ विशेष प्रवर्द्धनात्मक मूल्य तोकेको छ । यसका साथै ती ग्राहकले एक वर्षको निःशुल्क ‘अटो प्लस इन्स्योरेन्स’समेत पाउनेछन् ।

नयाँ गाडीको बुकिङ तथा थप जानकारीका लागि ग्राहकले विराटनगरस्थित आधिकारिक शोरूममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।