‘नागरिकसँग मेयर’ कार्यक्रममार्फत घरदैलोमा स्वास्थ्य सेवा


कञ्चनपुर, २१ जेठ । कृष्णपुर नगरपालिकाले सञ्चालन गर्दै आएको ‘नागरिकसँग मेयर’ कार्यक्रममार्फत २४ हजार ७२१ नागरिकले घरदैलोमै स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

नगरवासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा नसर्ने रोगबारे सचेतना फैलाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वंशीराज भट्टले जानकारी दिए ।

चिकित्सकले उच्च रक्तचाप, मधुमेह, खोपको अवस्था, औषधि सेवनको नियमितता लगायतका विषयमा परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइँदै आएको नगरप्रमुख हेमराज ओझाले बताए ।

उनले एम्बुलेन्स, औषधि वितरण, तथा प्रयोगशाला सेवा कृष्णपुर स्वास्थ्य चौकीमा कार्यरत एमबीबीएस चिकित्सकबाट भइरहेको जानकारी दिए । रासस