हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने


काठमाडौँ । चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रहरूको बक्स अफिस कलेक्सन रिपोर्ट हरेक हप्ताको सोमबार सावृजिनक गर्ने निर्णय गरेको छ।

बोर्डले बिहीबार एक सूचना जारी गर्दै अब उप्रान्त हरेक हप्ताको सोमबार बक्स अफिस कलेक्सन सार्वजनिक गर्ने जानकारी दिएको हो।

नयाँ व्यवस्था अनुसार, प्रदर्शन मिति अनुसार शुक्रबारदेखि अर्को हप्ताको आइतबारसम्मको कलेक्सन रिपोर्टलाई समेटेर सोमबार विवरण सार्वजनिक गरिनेछ।

यस्तो रिपोर्ट चलचित्र विकास बोर्डको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालका पानाहरूमा उपलब्ध हुने बोर्डले जनाएको छ।