राज्य प्रणाली जनमैत्री बन्नैपर्छः सभामुख अर्याल


काभ्रे । सभामुख डीपी अर्यालले मुलुक र नागरिकका लागि सुशासन नै सबैभन्दा ठूलो जनअपेक्षा भएको बताएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक वर्ष २०८२–०८३ को प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले यस्तो धारणा राखेका हुन् ।

सभामुख अर्यालले पछिल्लो समय पारदर्शिता र जवाफदेहीताका सवालहरू जोडदार रूपमा उठिरहेको भन्दै यसले राज्यलाई थप जिम्मेवार बनाएको उल्लेख गरे ।

‘सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो,’ कार्यक्रममा बोल्दै सभामुख अर्यालले भने, ‘पछिल्लो समयमा पारदर्शिता, जवाफदेहीता र उत्तरदायित्वका विषयमा उठेका सवालले राज्य प्रणालीलाई थप जिम्मेवार र नागरिकमैत्री बनाउन महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको छ ।’

उनलेभ भने, ‘लोकतन्त्र निर्वाचनबाट मात्रै सुदृढ हुँदैन, यसका लागि प्रेरणामुखी सेवा आवश्यक पर्छ । यसले लोकतन्त्रको जीवन्तता र नागरिक चेतनाको उचाइलाई समेत प्रतिबिम्बित गर्दछ ।’