सचिव कृष्णहरि पुष्कर पक्राउ


काठमाडौं, जेठ २१ । सचिव कृष्णहरि पुष्कर पक्राउ परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

कपनस्थित घरबाटै पक्राउ परेका उनीमाथि व्यक्तिगत स्वार्थका लागि ‘ चेन अफ कमाण्ड’ मिचेको आरोप छ । प्रहरीले पक्राउ गर्नुको विस्तृत विवरण भने खुलाएका छैन।