काठमाडौं, जेठ २२ । परराष्ट्रमन्त्री शिशिर खनालले आजदेखि तीन दिने भारतको औपचारिक भ्रमण जाँदैछन्। आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नेछन् । व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
काठमाडौं, जेठ २२ । परराष्ट्रमन्त्री शिशिर खनालले आजदेखि तीन दिने भारतको औपचारिक भ्रमण जाँदैछन्। आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नेछन् ।
व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
रपराष्ट्रमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नेपालतर्फका संयोजक डा भेषबहादुर थापाले इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाएका छन् । संयोजक थापाले विहिबार परराष्ट्रमन्त्री शिशिर खनालको समुपस्थितिमा परराष्ट्रसचिव अमृतबहादुर राईलाई साँचो हस्तान्तरण गरेका हुन् ।
नेपाल र भारतबीचका समस्याका बारेमा अध्ययन गरी समाधानका उपाय खोज्न संयुक्त रूपमा प्रबुद्ध व्यक्तिहरूको समूह गठन गरिएको थियो । सन् २०१६ मा नेपाल र भारतले उक्त समूह गठन गरी दुई वर्षसम्म अध्ययन गरी समूहले प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्नुपर्ने प्रावधान भए पनि हालसम्म दुवै देशका प्रधानमन्त्रीले नबुझेको प्रतिवेदन राखेको दराजको चाँवी एक्कासी भारत भ्रमणको अघिल्लो दिन किन आवश्यक प¥यो भन्नेबारे विभिन्न चर्चा भइरहेका छन् ।



प्रतिक्रिया