काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विनाअधिसूचना लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र हाजिर हुन अन्तिम अल्टिमेटम दिएको हो ।
मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदा लिएका तर त्यसको अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नगराई बेपत्ता भएका कर्मचारीहरूलाई लक्षित गरी यो सूचना जारी गरिएको हो । आगामी तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक नगराए कानुनबमोजिम कडा कारबाही प्रक्रिया अघि बढाउने चेतावनी मन्त्रालयले दिएको छ ।
सरकारले सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई समेत आफ्नो मातहतका निकायबाट विभिन्न समयमा अध्ययन वा असाधारण बिदा स्वीकृत गराएका कर्मचारीहरूको विवरण तत्काल यकिन गर्न निर्देशन दिएको छ ।
लामो समयसम्म बिदाका नाममा कार्यालयमा अनुपस्थित हुने र सरकारी सेवा सञ्चालनमा बाधा पुर्याउने प्रवृत्ति बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।



प्रतिक्रिया