प्रतिनिधिसभा निर्वाचन विश्वकै लागि अध्ययनयोग्यः कार्की


काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएकी छन् । निर्वाचन आयोगले शुक्रबार काठमाडौँमा आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटनमा उनले यस्तो धारणा राखेकी हुन् ।

‘यस निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आएका छन् । जनताले दिएको मतको सम्मान गर्दै उहाँहरूलाई काम गर्न दिनुपर्छ,’ कार्यशालामा बोल्दै पूर्व प्रधानमन्त्री कार्कीले भनिन् । उनले निर्वाचन शान्तिपूर्ण रूपमा सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र सञ्चारकर्मीलगायत सबै क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरिन् ।

Skip This

Omoda E5 Pro