अनेक संशयका बीच शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनु ऐतिहासिक सफलता: निर्वाचन आयोग


काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘जेन–जी’ विद्रोहपछिको जटिल परिस्थितिमा पनि तोकिएकै समयभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सामान्य विषय नभएको बताएका छन् ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख भण्डारीले ६ महिनाको संक्षिप्त अवधिभित्रै निर्वाचन सम्पन्न गरेर आयोगले मुलुकलाई नयाँ निकास दिएको दाबी गरे ।

उनले संक्रमणकालीन अवस्था र अनेक आशंकाका बीच पनि निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा टुंगोमा पुर्‍याउन भूमिका खेल्ने सबै पक्षलाई धन्यवादसमेत ज्ञापन गरे ।

Skip This

Omoda E5 Pro