काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न उपसमिति गठन र कार्यक्षेत्रभित्रका निकायहरूको स्थलगत अनुगमन गर्नेबारे छलफल हुने कार्यसूची छ ।
समितिका अनुसार बैठकमा तीनवटा महत्त्वपूर्ण उपसमिति गठन गर्ने तयारी छ । जसमा समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति र समितिको कार्यक्षेत्रअन्तर्गतका मन्त्रालय एवं निकायहरूको कार्यसम्पादन अध्ययन तथा निगरानी उपसमिति रहेका छन् ।
बैठकमा उपसमिति गठनका साथै समितिको क्षेत्राधिकारभित्र पर्ने विभिन्न सरकारी निकायहरूको स्थलगत अनुगमन र भावी कार्ययोजनाका विषयमा समेत आवश्यक छलफल गरी निर्णय गरिने संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया