काठमाडौं, जेठ २४ । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफूलाई राजदूत बन्ने इच्छा रहेको भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेका छन्।
शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मलाई पनि एम्बेसेडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न?”
प्रधानमन्त्री शाहको उक्त पोस्टमा शिक्षामन्त्री सस्मित पोखरेलले “म्यासेज गर्दिम?” भनेर कमेन्ट गरेका छन् भने भिक्टर पौडेलले व्यङ्ग्य थप्दै “नाई फेरि उठाउन आउला पुलिस” भन्दै प्रतिक्रिया दिएका छन्।
यसअघि बिहीबार दिउँसो उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले राजदूत बनाइदिन अनुरोध गर्दै प्रधानमन्त्री शाहलाई म्यासेज पठाएपछि प्रहरीले सात घण्टा नियन्त्रणमा लिएर छाडेका थियो ।



प्रतिक्रिया