काठमाडौं, जेठ २४ । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)ले आज २९ जिल्लामा अधिवेशन गर्दैछ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज कोशी प्रदेशका ४ जिल्लामा, मधेश प्रदेशका ४ जिल्लामा, बागमती प्रदेशका २ जिल्लामा, गण्डकी प्रदेशका ४ जिल्लामा, लुम्बिनी प्रदेशका ३ जिल्लामा, कर्णाली प्रदेशका ६ जिल्लामा र सुदुर पश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन हुदै छ ।
अधिवेशन हिजो (शनिबार) विभिन्न ३६ जिल्लामा अधिवेशन भएको थियो ।संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेष्ठ २६ गते हुने भएको छ । रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ । रास्वपाले बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि गर्ने भएको हो ।



प्रतिक्रिया