काठमाडौं, जेठ २४ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले एमाले सचिवालयले गरेको कार्यविभाजनमा कटाक्ष गरेका छन् । उनले अब एमाले कसरी बन्छ भनेर एआइलाई सोध्नु पर्ने अवस्था आएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले भनेका छन्, ‘एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक सङ्गठनमा जस्तै ।’
उनले लेखेका छन् ‘न एष्ट्रोनोमी,न फिजिक्स,न केमेस्ट्री,न वायोलोजी न त लोजी,अर्थमेटिक,अलजेब्रा,ज्योमेट्री,ईन्जिनियरीङको कुनै हागो था छैन।तर एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ,सोच्ने काम हाम्रो होईन,केवलआदेश पालना गर्नु र लड्नु हो,सैनिक संगठनमा जस्तै। म एआईलाई सोध्छु -एमाले पहिलो कसरी बन्छ?’



प्रतिक्रिया