स्वदेश फर्किए धुर्मुस


काठमाडौं, जेठ २४ । परिवारसहित अमेरिका पलाएन भएका कलाकार सीताराम कट्टेल (धुर्मुस) नेपाल फर्कीएका छन्। उनले सामाजिक सञ्जाल मार्फत मातृभुमिको आँगनमा फर्किएको जनाउँदै न्याय मिल्ने आशा सहित नेपाल फर्किएको जनाएका छन् ।

कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन् ‘न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।’

उनले थपे ‘आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।’

कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’ अन्तरगत स्थायी बसोबास अनुमतिपत्र पाएपछि छोरीको स्वास्थ्य र सुरक्षित भविष्यका लागि भन्दै गत मंसिरमा सपरिवार अमेरिका उडेका थिए ।

Skip This

Omoda E5 Pro